logo-img

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको कठिन जित

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेलमा युरो कप २०२४ को छनोटमा पोर्चुगलले लगातार चौथो जित निकालेको छ ।

पोर्चुगलले चौथो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा आइसल्याण्डलाई १–० ले हरायो । पोर्चुगलको जितमा रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औँ मिनेटमा गोल गरेका थिए । 

यो खेलपछि रोनाल्डोले कीर्तिमान बनाएका छन् । उनले २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका हुन् । रोनाल्डोले २००३ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । 



यस्तै, उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । हालसम्म रोनाल्डोले १२३ गोल गरिसकेका छन् । यस जितपछि समूह ‘जे’ मा रहेको पोर्चुगलको ४ खेलबाट १२ अंक जोडेको छ ।

ऊ तालिकाको शीर्ष स्थानमा छ । पराजित आइसल्याण्ड ३ अंकसहित पाँचौं स्थानमा छ । 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ७:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया