logo-img

नर्सिङ पढ्न कति लाग्छ शुल्क ? कहाँ हुन्छ पढाइ ?

पछिल्लो केही वर्ष यता ‘चिकित्सा शिक्षा’ विद्यार्थीहरूको रोजाइमा पर्ने शिक्षा हो । यसका पनि विभिन्न विधा छन् । ती विधाहरूमध्ये एक हो, नर्सिङ शिक्षा । 

सेवा प्रदायक पेसाका रूपमा लिइने नर्सिङ ८० प्रतिशतभन्दा धेरै सीपमा आधारित पेसा हो । नर्सिङ गर्नका लागि सौद्धान्तिक र व्यवहारिक दुवै ज्ञान हुनुपर्छ । सीपमा आधारित र सामाजिक सेवा भएकोले गर्दा पनि नर्सिङ पढ्न चाहने विद्यार्थीहरूको चाप बढ्दै गइरहेको छ । एक समय थियो, ‘नर्सिङ पढे छोरी बिग्रिन्छन्’ भन्ने सोच हुन्थ्यो र धेरै विद्यार्थी नर्सिङ पढ्ने चाहना हुँदा हुँदै पनि पढ्न पाउँदैनथे । 

तर, हिजोआज अधिकांश अभिभावकको चाहना छोराछोरीलाई नर्सिङ पढाउने हुन्छ । र विद्यार्थीहरूको चाहना पनि नर्सिङ पढ्ने नै हुन्छ । त्यही भएर पनि हिजोआज नर्सिङप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । 



नेपालमा नर्स बन्नका लागि विद्यार्थीहरूलाई दुईवटा बाटो छ । एउटा एसइई उत्तीर्ण गरेपछि र अर्को माध्यमिक तह (कक्षा १२) उत्तीर्ण भएपछि नर्सिङ पढ्न पाइन्छ । धेरै विद्यार्थीहरूले एसइईपछि नै नर्सिङ पढ्नका लागि तयारी गर्छन् । सीटीईभीटीबाट सम्बन्धन लिएका ४५ वटा कलेजहरूमा पीसीएल नर्सिङ पढाइ हुन्छ । ३ वर्षे पीसीएल नर्सिङ कोर्षलाई नेपालमा प्लस टु को मान्यता दिइएको छ । यस्तै प्लस टु उत्तीर्ण गरेपछि नर्सिङ साइन्स (बीएनएस), बीएससी नर्सिङ, मिडवाइफ्री पढ्न पाइन्छ । 

कति चाहिन्छ योग्यता ?

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अनुसार तीन वर्षे पीसीएल नर्सिङ कार्यक्रम पढ्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी/प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ । यो विषयको लागि खाना र बस्न बाहेक सीटिइभिटीले ४ लाख ७५ हजार शुल्क तोकेको मञ्चले जनाएको छ । 



कोटा तथा छात्रवृत्ति 

पिसीएल नर्सिङका लागि सीटीईभीटीले छात्रवृत्ति पनि प्रदान गर्दै आईरहेको छ । छात्रवृत्तिमा अध्ययन गर्नका लागि विद्यार्थीहरूले सीटीईभीटीले लिने छात्रवृत्ति परीक्षा उत्तीर्ण गर्नुपर्छ । मञ्चका अनुसार सीटीईभीटीले नर्सिङको जम्मा कोटाको १० प्रतिशत छात्रवृत्ति दिँदै आईरहेको जनाएको छ । 



चिकित्सा शिक्षा आयोगका अनुसार देशभर वीएनएस, वीएससी नर्सिङ र मिडवाइफ्रीका लागि २ हजार ७९० सिट संख्या निर्धारण गरेको छ । आयोगले वीएनएसका लागि जम्मा १ हजार ३१० सिट, वीएससी नर्सिङका लागि १ हजार ३५० सिट र मिडवाइफ्रीका लागि १३० सिट निर्धारण गरेको छ । यस्तै नर्सिङ साइन्स (बीएनएस) मा ४९२, मिडवाइफीमा ८४, बीएससी नर्सिङमा ४३९ विद्यार्थीलाई छात्रवृत्ति कोटासमेत निर्धारण गरिएको आयोगले जनाएको छ । 

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी धन बहादुर श्रेष्ठका अनुसार बीएससी नर्सिङ पढ्न १० लाख ३६ हजार, नर्सिङ साइन्सका लागि ५ लाख १८ हजार शुल्क तोकिएको जानकारी दिए । 

पीसीएल नर्सिङ पढाइ हुने कलेजहरू :

१. एएमडिए स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक
२. बी.पी. मेमोरियल स्वास्थ्य संस्थान र अनुसन्धान केन्द्र
३. भरतपुर सामुदायिक अस्पताल
४. विराट हेल्थ कलेज, विराटनगर
५. चरक स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
६. छिन्नमस्ता शैक्षिक प्रतिष्ठान, राजविराज
७. फेवासिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स, पोखरा
८. फिस्टेल नर्सिङ क्याम्पस, पोखरा
९. गौर नर्सिङ इन्स्टिच्युट, गौर
१०. ग्रीन तारा कलेज अफ हेल्थ साइन्स, सैनभु
११. ह्याम्स नर्सिङ कलेज
१२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाबहिल
१३. इवामुरा कलेज अफ हेल्थ साइन्स, सल्लाघारी
१४. जनकपुर नर्सिङ क्याम्पस, जनकपुर
१५. कालिका मेडिकल एण्ड प्राविधिक प्रतिष्ठान, गैँडाकोट
१६. ख्वपा पोलिटेक्निकल इन्स्टिच्युट
१७. लाइफ गार्ड अस्पताल, विराटनगर
१८. लाइफलाइन अस्पताल, दमक
१९. महेन्द्रनारायण निदि स्मृति स्वास्थ्य प्रतिष्ठान
२०. मकालु प्राविधिक कलेज, इनरूवा
२१. मेडिकल इन्स्टिच्युट, लहान
२२. मिर्चैया हेल्थ नर्सिङ क्याम्पस
२३. मिथिला प्राविधिक प्रतिष्ठान, जनकपुर
२४. राष्ट्रिय मानव संसाधन विकास प्रतिष्ठान, जनकपुर, 
२५. नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स, वीरगन्ज–१३
२६. नेपाल चिकित्सा विज्ञान तथा प्रविधि संस्थान, ग्वार्को
२७. नेपाल प्रहरी अस्पताल स्वास्थ्य विज्ञान विद्यालय, महाराजगञ्ज 
२८. नेपाल प्राविधिक प्रतिष्ठान, जनकपुर
२९. नेपाली सेना स्वास्थ्य विज्ञान कलेज, सानोभर्याङ
३०. न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी अस्पताल, विराटनगर
३१. ओम साई नर्सिङ क्याम्पस, सिद्धार्थनगर
३२. राम जानकी स्वास्थ्य प्रतिष्ठान, जनकपुर
३३. राप्ती लाइफ केयर अस्पताल (नर्सिङ कलेज)
३४. सहिद स्मारक जनस्वस्थ सहकारी संस्था
३५. सन्त अल्पा माई रामनारायण यादव नर्सिङ कलेज, मलंगवा
३६. शैलजा आचार्य मेमोरियल पोलिटेक्निक, सिसवानी
३७. शंकरपुर एकेडेमी ललितपुर–१५, सातदोबाटो
३८. श्रद्धा स्वास्थ्य विज्ञान प्रतिष्ठान, ठिमी
३९. स्टार एकेडेमी, सानेपा
४०. सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस
४१. तानसेन स्वास्थ्य विज्ञान विद्यालय, तानसेन
४२. छोे–रोल्पा नर्सिङ कलेज
४३. युनिक मेडिकल कलेज तथा शिक्षण अस्पताल, राजविराज
४४. पश्चिमाञ्चल अस्पताल प्रा. लिमिटेड, नर्सिङ क्याम्पस
४५. नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स, कैलाली

स्नातक तहमा नर्सिङ अध्यापन हुने कलेज र सिट संख्या :

१. अल्का अस्पताल, वीएनएस, २० सिट
२. एसियन फाउन्डेसन अफ एजुकेशन एण्ड रिसर्च प्रा.ली, वीएनएस २० सिट, वीएससी २० सिट
३. बिएण्डबी मेडिकल इन्स्टिच्युट, वीएनएस ४० सिट, वीएससी २० सिट
४. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
५. बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल नर्सिङ कलेज, वीएनएस ४० सिट
६. बिराट मेडिकल कलेज, वीएससी २० सिट
७. विराटनगर नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ४० सिट
८. वीरगन्ज नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ३० सिट
९. चरक एकेडेमी, पोखरा, वीएनएस २० सिट, वीएससी २० सिट
१०. चितवन मेडिकल कलेज, वीएनएस ४० सिट, वीएससी ४० सिट
११. कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटल, वीएससी ४० सिट
१२. देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्सीच्युट, वीएससी २० सिट
१३. एभरेस्ट कलेज अफ नर्सिङ, वीएनएस २० सिट, वीएससी २० सिट
१४. गण्डकी मेडिकल कलेज, वीएनएस ३० सिट, वीएससी ३० सिट
१५. हाम्रो स्कुल अफ नर्सिङ, वीएससी २० सिट
१६. होप इन्टरनेशनल कलेज, वीएनएस २० सिट, वीएनएस २० सिट
१७. इनोभेटिभ कलेज अफ हेल्थ साईन्स प्रा.लि, वीएनएस २० सिट
१८. जानकी मेडिकल कलेज, वीएनएस २० सिट
१९. जेएफ इन्सीच्युड अफ हेल्थ साईन्स, वीएनएस ३० सिट, वीएससी २० सिट
२०. कान्तिपुर एकेडेमी अफ हेल्थ साईन्स, वीएनएस २० सिट, वीएससी २० सिट
२१. कर्णाली एकेडेमी अफ हेल्थ साईन्स, वीएनएस २० सिट, मिडवाइफ्री १० सिट
२२. काठमाडौं मेडिकल कलेज प्रा.लि, वीएनएस २० सिट, वीएससी ४० सिट
२३. काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिङ, वीएनएस ४० सिट, वीएससी २० सिट
२४. केयु स्कुल अफ मेडिकल साइन्स, वीएनएस ३० सिट, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
२५. कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, वीएनएस २० सिट, वीएससी २० सिट
२६. ललितपुर नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
२७. मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीएनएस २० सिट, वीएससी २० सिट
२८. महाराजगञ्ज नर्सिङ क्याम्पस, वीएनएस ५० सिट, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
२९. मणिपाल कलेज अफ मेडिकल साईन्स, बिएससी ४० सिट
३०. मनोमोहन मेमोरियल इन्सीच्युड अफ हेल्थ साइन्स, वीएनएस ४० सिट, वीएससी ४० सिट
३१. नारायणी सामुदायिक हस्पिटल लि, वीएससी २० सिट
३२. नागरिक कलेज अफ हेल्थ साईन्स, वीएनएस ४० सिट, वीएससी २० सिट
३३. नेशनल एकेडेमी फर मेडिकल साइन्स, वीएससी २० सिट
३३. नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स), वीएनएस १२० सिट, वीएससी ४० सिट, मिडवाइफ्री ४०
३४. नेशनल मेडिकल कलेज, वीएनएस २० सिट, वीएससी २० सिट
३५. नेपाल मेडिकल कलेज प्राली, वीएससी ४० सिट
३६. नेप्लिज आर्मी इन्सीच्युड अफ हेल्थ साइन्स, वीएनएस ४० सिट, वीएससी ४० सिट
३७. नेपालगञ्ज मेडिकल कलेज, वीएससी नर्सिङ २० सिट
३८. नेपालगञ्ज नर्सिङ क्याम्पस, वीएनएस ३० सिट, वीएससी ३० सिट
३९. नोबेल कलेज, वीएनएस २० सिट, वीएससी २० सिट
४०. नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, वीएनएस २० सिट, वीएससी २० सिट
४१. नर्भिक इन्सीच्युड अफ नर्सिङ एजुकेशन, वीएनएस ४० सिट, वीएससी २० सिट
४२. ओम हेल्थ क्याम्पस प्राली, वीएनएस ४० सिट, वीएससी २० सिट
४३. पोखरा नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ४० सिट
४४. पोखरा एकेडेमी अफ हेल्थ साइन्स, वीएनएस २० सिट, वीएससी २० सिट
४५. पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्स, वीएनएस ४० सिट, वीएससी ४० सिट
४६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीएनएस २० सिट, वीएससी २० सिट
४७. सान इन्सीच्युड अफ नर्सिङ, वीएससी २० सिट
४८. शिर मेमोरियल कलेज अफ नर्सिङ, वीएससी २० सिट
४९. स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स (एसएचएएस), बीएनएस २० सिट, बीएससी २० सिट
५०. श्री मेडिकल एण्ड टेक्निकल कलेज, वीएनएस ४० सिट, वीएससी २० सिट
५१. युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटल, वीएनएस ४० सिट, वीएससी ४० सिट
५२. यती हेल्थ साइन्स एकेडेमी, वीएनएस २० सिट, वीएससी २० सिट

  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १६:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया