logo-img

साम्पाङलाई मन्त्री किरातीले प्रमाणसहित फर्काए जवाफ

धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले ‘गफाडी’ को संज्ञा दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रमाणसहित जवाफ फर्काएका छन् ।  

मेयर साम्पाङले आज बिहान श्रम–संस्कृति पदमार्ग निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै मन्त्री किरातीलाई ‘गफाडी’ को उपमा दिएका थिए । 

उनको स्टाटसपछि मन्त्री किरातीले आफूले गरेको वाचा गरेको आयोजना निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख गरेका छन् । 



‘फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि रू. ५० लाख विनियोजन भएको जानकारी गराउँदछु । हुन त हामीले १ करोड ५० लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला,’ मन्त्री किरातीले सामाजिक सञ्जालमा भनेका छन्, ‘अझ मलाई त यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए ।’    
 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १२:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया