logo-img

बाबुरामलाई हामीले छोडेको पनि होइन, समातेको पनि होइन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष यादवले मोर्चामा बाबुराम भट्टराईको पार्टी समावेश नहुनु ठूलोकुरा नभएको बताए । उनले भने, ‘बाबुरामलाई हामीले छोडेको पनि होइन, समातेको पनि होइन । मोर्चामा आएको कहिले पनि देखिएन मोर्चामा आएको । यो मोर्चा डेढ वर्षदेखि तयारी हुँदै आएको हो । हामीले उहाँ आउनका लागि बाटो राखिदिएका छौँ ।’

उनले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए । उनले आदिवासी, मधेसी मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए । उनले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरू आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताए । 



उनले भने, ‘हामीले समाजवादी मोर्चा घोषणा गरेका छौँ । यी लक्ष्यहरु बोकेको समाजवादी मोर्चाले निश्चित रुपमा विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका साथसाथै सामाजिक न्यायसँगै आदिवासी, मधेसी लगायतका जुन राष्ट्रिय मुद्दाहरु छन्, केही मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयास गर्नका लागि नै त्यो निर्माण भएको हो । जुनकुरा अस्तिमात्रै जारी भएको अवधारणा पत्रका उद्देश्यले स्पष्ट हुन्छ । बीचमा फलानो खत्तम भयो, मधेसका मुद्दा छोड्यो भन्नुभएको छ, यो गलत छ, झनै ती मुद्दा बलियो भएका छन् ।’

अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताए । उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताए । उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताए । 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १५:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया