logo-img

मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए । प्रधानमन्त्री दाहालले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग, सुनकोशी मरिनडाइभर्सन, बागमती कमला चन्द्रनहर लगायतका सिँचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाएको बताए । उनले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।

प्रधानमन्त्री दाहालले भने,‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन । संघीयताको मर्म अनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको छ । सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहतम प्रभावलाई समेत सकारात्मक रुपमा लिन आग्रह गर्दछु । विरगञ्जको विकास सरकारको प्राथमिकतामा छ ।’

उनले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत प्रभावलाई समेत सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताए । 





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १२:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया