logo-img

चट्याङ लागेर दाङमा दुईजनाको मृत्यु

दाङमा चट्याङ  लाग्दा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दंगीशरण गाउँपालिकाका दुईजनाको मृत्यु भएको हो । 

उनका अनुसार दंगीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो । 

चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दंगीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा आज साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो ।



त्यस्तै, केसीलाई अपराह्न ५ बजेतिर बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङले लागेको थियो । उनीहरू दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।





  • प्रकाशित मिति : असार ९, २०८० शनिबार २२:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया