logo-img

बजेटमा भेदभाव गरियो, पास हुन कठिन छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेट संशोधन गर्न नमिल्नेसमेत बताए ।

उनले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए । अध्यक्ष केसीले अहिलेका राजनीतिक दलहरूले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए । उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरूले गरिरहेको बताए ।

उनले भने, ‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन । तर नेपालमा जे पनि गर्न मिल्छ । बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन । यो समय बिताउने मात्रै हो । नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन् । खर्च कटौती गरी रुपैयाँ कायम गर्ने कुरा बेकारको कुरा हो । यिनीहरूले संसदीय पद्धतिका कुरा गर्ने जनतालाई उल्लु बनाउनुबाहेक केही होइन । बजेटमा भेदभाव छ । अन्याय छ । बजेट पास हुन कठिन छ ।’ 





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १८:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया