logo-img

नागरिकता ऐन संशोधनको स्वागत, कार्यान्वयनमा चुनौती

संविधानसभा सदस्य रामकुमार शर्माले नागरिकता ऐन, २०६३ को पहिलो संशोधनको स्वागत गरेका छन्। आइतबार महिला तथा कानुन मञ्चले आयोजना गरेको कार्यक्रममा शर्मालगायत सरोकारवालाले ऐन संशोधनको स्वागत गरेका हुन्।

अनागरिकहरूलाई नागरिक बनाउन आफूले विभिन्न अभियान चलाउँदै आएको र उक्त अभियानले सफलता पाएको उनले बताए।

 ‘मैले नागरिकता प्राप्तिलाई सत्याग्रहकै रुपमा लिएको थिएँ। नागरिकता विधेयक प्रमाणीकरण भएर आइसकेको छ। यसलाई सर्वोच्च अदालतले पनि वैधता प्रदान गरिसकेको छ। यसलाई ठूलो संख्याका नागरिकले स्वागत गरेका छन्,’ उनले भने।

मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले ऐनमा कतिपय विषयमा अझै संशोधन गर्न जरुरी रहेको औँल्याउँदै ठूलो संख्याका अनागारिकले नागरिकता पाउने भन्दै स्वागत गरे। श्रेष्ठले भने, ‘कार्यन्वयनमा चुनौती आउन सक्छन्। कतिपय विषयमा संशोधन गर्न सकिने अझै ठाउँ रहे पनि हाम्रो संस्थाले स्वागत गर्छ।’

सो ऐन जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको छ । ऐनविरुद्ध सर्वोच्चमा मुद्दा परेकोमा सर्वोच्चले सुरुमा कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, पछि सर्वोच्च अदालतले नै उक्त आदेशलाई निरन्तरता नदिएपछि ऐन कार्यान्वयनमा आएको हो । 

संशोधित ऐनले पहिलोपटक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेको छ । तर, उनीहरुलाई राजनीतिक र नागरिक अधिकार भने दिइएको छैन ।





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार २३:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया