असार २३ गतेदेखि सातौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग

सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो । 

यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ । संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो । क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्पm आठ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । 

पाँच महिनाअगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन् ।
पुरुषमा टिपटप हेल्प नेपाल स्पोटर््स क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस, दावाली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल क्लव संघ र शैलुङ बागढुङ्गा स्पोटर््स क्लबले चुनौती प्रस्तुत गर्नेछन् ।

महिलामा भने नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोटर््स क्लब, एपिएफ, आर्मी, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीनजना विदेशी खेलाडी समावेश गर्न पाउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

पुरुष र महिला दुवैतर्पm शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख र एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । चौथो स्थानमा रहने टोलीले भने ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ । पुरुषतर्पm क्लब लिगको उपाधि भिडन्त तय गर्ने दुई टोलीले पहिलोपटक हुन लागेको काभा क्लब भलिबल च्याम्पियनसिपमा खेल्नेछन् ।



नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप नेपालमा नै हुँदै छ । त्यसका लागि संघले प्रक्रिया अगाडि बढाइसकेको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा)का अध्यक्ष मोहमेद लथिफले नेपाललाई पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्न दिने संकेत गरिसकेको चन्दले जानकारी दिए । यद्यपि, स्वीकृति पत्र भने आउने बाँकी रहेको उनको भनाइ छ ।



  • प्रकाशित मिति : असार ११, २०८० साेमबार २१:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया