logo-img

बेलायतमा नर्स पठाउन यसै हप्ता सम्झौता

सरकारले बेलायतमा नर्स पठाउन यसै हप्ता सम्झौता गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यसबारे जानकारी दिएका हुन् । 
 
श्रममन्त्री भण्डारीका अनुसार नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम सम्झौताअनुरूप बेलायतमा नेपाली नर्स तथा स्वास्थ्य क्षेत्रका अन्य जनशक्ति पठाउने सम्बन्धमा यसै हप्ता सम्झौता हुनेछ । 

छनोट प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

नयाँ श्रम गन्तव्यको खोजी, सम्झौता नवीकरणका साथै जर्मनी, रोमानिया, साउदी अरेबियालगायत मुलुकसँग छिट्टै श्रम सम्झौता गरिने मन्त्री भण्डारीले जानकारी दिए । 



वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई दिइँदै आएको दुईवर्षे श्रम स्वीकृति हटाई जति अवधिको श्रम सम्झौता छ सोहीअनुरूप स्वीकृति दिने र विदेशबाट श्रम स्वीकृति हुने व्यवस्था गरिएको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार २१:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया