logo-img

ललिता निवास प्रकरण : तत्कालीन सहसचिव देउजासहित थप चारजना पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप चारजना पक्राउ परेका छन् ।  

पक्राउपर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेका छन् । 

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको हो । २०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा कार्यरत थिए । 



उनीहरूविरुद्ध राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपेको अनुसन्धानका क्रममा खुलेको छ ।

सीआईबी आज नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि सीआईबीले नियन्त्रणमा लिएको छ ।
 
 





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १२:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया