चिनियाँ उद्यमी ज्याक मा किन आए नेपाल ?

चर्चित इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक चिनियाँ उद्यमी तथा धनाढ्य ज्याक मा नेपाल आएका छन्। 

उनी बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

ज्याक मासहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको हो। उनी तीन दिन नेपालमा रहने बुझिएको छ। 

काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइकाे छ । अलिबाबाको स्वामित्व नेपाली इ-कमर्स कम्पनी दराजमा समेत छ। 

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १६:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया