अख्तियार श्री ५ भन्दा माथि जान खोज्यो, निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन : सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनि माथि जान खोजेको आरोप लगाएका छन् । अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने बताउँदै उनले सबै क्षेत्र अख्तियारले नै हेर्नुपर्छ भन्ने पद्धतिको विकास गर्न नहुने बताए । 

उनले भने, ‘अख्तियार हिजोको श्री ५ भन्दा पनि माथि जान खोज्यो, त्यसैले निजी क्षेत्रमा अख्तियारको प्रवेश गर्न दिनुहुँदैन, राजस्व पनि आफैँ हेर्ने, प्रत्येक कार्यालय, मन्त्रालय, सम्पत्ति शुद्धीकरण कार्यालय, सबै यसले हेर्ने पद्धतिको विकास गर्नुहुँदैन ।’

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । 

अर्को प्रसंगमा उनले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेको आरोप लगाए । नेपाली कांग्रेस जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा कहिल्यै नरहेको उनको भनाइ छ ।

रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बँचेको हो भन्ने भ्रम जनतामा छर्नका लागि संसद अवरोध गरेको उनले आरोप लगाए । 





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार २३:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया