logo-img

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने

कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

 मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न आज बसेको कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले निर्णय गरेको हो ।

अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन् । यसअघि आजै कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेश सभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । 







  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १३:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया