योगेश भट्टराईमाथि अभद्र व्यवहारप्रति एमालेको निन्दा र भर्त्सना

नेकपा (एमाले)ले आफ्नो पार्टीका सचिव योगेश भट्टराईमाथि अभद्र व्यवहार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इलाममा पार्टीका सचिव भट्टराईलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका थिए । 

एमाले प्रचार विभागका सचिव गगन विष्टले एक विज्ञप्ति जारी गर्दै सचिव भट्टराईमाथि उच्छृङ्खल व्यक्तिहरूको समूहले गरेको अभद्र व्यवहारप्रति पार्टीले निन्दा र भर्त्सना गर्ने बताएका छन् । 

नाममा असहमति राख्नेले केही दिनदेखि नै एमालेका नेताहरूलाई आक्रमणको प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।

कोसीमा संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेश सभाको दुईतिहाइ बहुमतले कोसी नामकरण गरेको थियो । 
 





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार २१:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया