logo-img

कोशी प्रदेशको नाम पुनःविचार गर्नुपर्छ : मन्त्री लिम्बू
फाइल तस्बिर

युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

उनले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए । उनले प्रदेशको नाम पुनःविचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताए । 

मन्त्री लिम्बूले नेपाली कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएको बताए । उनले पार्टीको रुचीमा नपरेको मन्त्रालय आफूलाई दिइएपनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसा समेत नभएको दाबी गर्नुभयो । 



उनले भने, ‘यो पुनःविचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ । जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुनेकुरा पार्टीभित्र आवाज उठ्छ की उठ्दैन ? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ ।’

मन्त्री लिम्बूले अहिले नेपाली कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।  





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १३:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया