logo-img

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, कार्कीले पाएनन् विश्वासको मत
फाइल तस्बिर

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेपछि उनको सरकार ढलेको हो ।

बिहीबार सुरू भएको प्रदेश सभाको तेस्रो अधिवेशनमा मुख्यमन्त्री कार्कीले अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने  प्रयास गरे पनि सफल हुन सकेनन् । योसँगै दोस्रो ठूलो दल एमाले संघ र सात वटै प्रदेशमा विपक्षमा धकेलिएको छ।

कोशीमा ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर कार्कीको पक्षमा जम्मा ४६ मत खसेको हो । एमालेका ४० र राप्रपाका ६ प्रदेश सभा सदस्यले उनलाई मत दिएका हुन् । ९३ मध्य आजको बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । उनको विपक्षमा ४३ मत खसेको छ ।




 





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १३:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया