logo-img

एकअर्कालाई सम्मान गर्ने परम्परा बनाऔँ : मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रूपमा विकास हुनुपर्ने बताएका छन् । अभिनेता किरण केसीको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उनले एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताएका हुन् । 

यस्तै, वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रूपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने बताए ।

आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै सुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको बताए ।   
 
अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा व्यंग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि बैरागी नेपाललाई सम्मान गरे । 





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १७:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया