मूलपानी मैदानको नाम अब ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’

मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ राखिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आज बसेको बैठकले मूलपानी मैदानको नाम संघका पूर्वअध्यक्ष रहेका स्व. शाहको नाममा राख्ने निर्णय गरेको हो । 

मू्रलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ । उक्त मैदानमा राष्ट्रिय प्रतियोगिता  हुने गरेकोमा केही महिना अघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय मान्यताप्राप्त खेल पनि खेलाइएको थियो ।  

यस्तै, वीरगञ्जमा रहेको नारायणी रंगशाला परिसरमा रहेको क्रिकेट मैदानको नाम संघका पूर्ववरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाहको नाममा ‘टीबी शाह क्रिकेट मैदान’ राख्ने पनि निर्णय भएको क्यानले जनाएको छ । 





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार २२:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया