logo-img

लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरु प्रतिबद्ध हुन सकेनन् : अग्नि सापकोटा

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एकअर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको उनले बताए । लोकतन्त्र प्रवचनको विषय नभई जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको उनको भनाइ छ । 

लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरु प्रतिबद्ध हुन नसकेको आरोप लगाउँदै उनले भने, ‘लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान सिद्धान्त हो । त्यसका लागि पार्टीहरु प्रतिबद्ध भएको मैले देखिनँ ।’ 



पूर्वसभामुख सापकोटाले कुनै पनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताए । पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : असार १६, २०८० शनिबार १९:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया