logo-img

इजरायली प्रेमिकाका कारण धरापमा थिबाउटको करिअर

बेल्जियमका ‘नम्बर वान’ गोलरक्षक थिबाउट कोर्टियस बेलाबेला चर्चामा आइरहन्छन् । उनी आफ्नो खेल कौशलबाट होस् वा प्रेम मामिलाका कारण विश्व फुटबलमा चर्चामा आइरहने पात्र हुन् । 

बेल्जियमलाई विभिन्न उपलब्धि दिलाइसकेका यी स्टार फेरि अहिले चर्चामा छन् । थिबाउट अहिले आफ्नो प्रेमका कारण चर्चामा रहेका हुन् । 

बेलायती सञ्चारमाध्यमका अनुसार उनी अहिले इजरायली मोडल मिसेल गेजिकसँग डेट गरिरहेका हुन् । 

फुटबलको ब्रेक समयमा मिसेलसँग बिदा मनाइरहेका थिबाउटका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । घरमा गर्भवती प्रेमिका हुँदा पनि थिबाउट नयाँ प्रेमिकासमक्ष विवाहको प्रस्ताव गर्ने योजनामा पनि रहेका उनका साथी तथा खेलाडी यानिक कारास्कोले बताएका छन् । 

इजरायली प्रेमिकाका कारण थिबाउट दबाबमा देखिएका छन् । ती प्रेमिका कारण उनले घरकी प्रेमिका मन्गेटर मार्टा गोमिन्गुइजसँगको सम्बन्धमा चिसोपन त ल्याएकै छन्, आफ्नो प्रदर्शन पनि बिगारिरहेका छन् ।



त्रिकोणात्मक सम्बन्धबाट गुज्रिरहेका थिबाउट प्रेमका कारण अहिले मात्र चर्चामा आएका होइनन् । उनी १० वर्षअघि पनि आफ्नै साथीको प्रेमिकासँग डेट गर्दा पनि चर्चामा आएका थिए । सन् २०१३ मा थिबाउटाले बेल्जियमका स्टार फुटबलर केभिन डे ब्रइनकी प्रेमिका कारोलिन जिनेनसँग डेटिङ गरेको खबरले चर्चा पाएको थियो ।

सो घटनाका कारण केभिन र थिबाउटको सम्बन्ध नै चिसो भयो ।



केभिनले ‘किप इट सिम्पल’ अटोबायोग्राफीमा थिबाउटसँगको सम्बन्धबारे उल्लेखसमेत गरेका छन् । फेरि १० वर्षअघिको सो प्रेम प्रकरणले नसुध्रिएका थिबाउटलाई अहिलेको घटना भने महँगो पर्न सक्छ । उनलाई अब टोलीमा राख्न नहुने आवाज पनि उठिरहेका छन् ।

केभिन डे ब्रुइन पनि पटकपटक उनलाई माफी दिन नमिल्ने बताउँछन् । एक खेलाडीको व्यवहारका कारण सिंगो टोलीभित्र असर पर्ने भएकाले उनलाई बाहिर नै राख्नु उपयुक्त हुने ब्रुइनको बुझाइ छ ।  

  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १०:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया