९ हजार ५९० जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५ सय ९० कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । 

सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार ५ सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम ५ हजार रुपैयाँ जरिवाना समेतका लागि आयोगलाई पत्र लेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए ।   

उनका अनुसार निजामती कर्मचारीका ३ हजार ४ सय ५३, नेपाल प्रहरीका १ सय १३, शिक्षक १ हजार एक सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका १ हजार ९ सय २२ रहेका छन् । 

यसैगरी प्रदेशतर्फका १हजार २७ तथा स्थानीय तहका १ हजार ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । रासस 
 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १४:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया