logo-img

सार्वजनिक खरिद ऐनमा सुधार गर्नुपर्छ : चिरिबाबु महर्जन
फाइल फाेटाे

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । निर्माण कम्पनीहरूलाई कामयावी बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उनको तर्क थियो । 

आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधार गरी निर्माण कार्यले गति लिएमात्रै पूँजीगत खर्च बढ्ने र मुलुक बन्ने बताए । उनले कन्सट्रक्सन इन्डष्ट्रीहरुको काममा सुधार ल्याउनका लागि अनुगमनको काममा कडाई गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका नियमक निकायको ध्यानाकर्षण गराए ।

उनले निर्माण कम्पनीले लिएको जिम्मेवारी अनुसारको काम अघि नबढाउँदा आफूले ठेक्का नै रद्द गर्ने चेतावनी दिएपनि सुनुवाई नभएको गुनासो गरे । मेयर महर्जनले भने, ‘नियमक निकाय अख्तियार, महालेखा परीक्षको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरुको तर्फबाट कन्स्ट्रक्सन इन्डष्ट्रीमा सुधार गर्नको निमित्त पहल हुनुपर्छ ।’



निर्माण कम्पनीहरुको काममा सुधार ल्याउनका लागि आफूले सम्बन्धित निकायमा पटकपटक आग्रह गरेपनि सो अनुसार काममा सुधार हुन नसकेको उनको भनाई छ । 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १८:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया