logo-img

फूल टिप्न जानेबेला हात्तीले कुल्चिँदा वृद्धाको मृत्यु
फाइल तस्बिर

झापाको मेचीनगर नगरपालिका–१० मा सोमबार बिहान हात्तीले कुल्चिँदा वृद्धाको मृत्यु भएको छ । हात्तीले कुल्चिँदा ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।  

पूजा गर्न फूल टिप्न हिँड्नेक्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेको वडाध्यक्ष खनालले बताए । सिलगुढी साह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् । 

झापामा ६ दिनअघि मात्र हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले कुल्चेर मारेको थियो । 

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालू आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठजनाको मृत्यु भएको जानकारी दिए ।  





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार ७:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया