logo-img

प्रदेशको संसदीय कोषबाट सडक कालोपत्रेदेखि भवन निर्माणसम्म

रौतहटको चन्द्रपुर नगरपालिका र वृन्दावन नगरपालिकाका विभिन्न १३ वटा वडाहरूमा मधेस प्रदेश सभा संसदीय कोष अन्तर्गतका दर्जनौँ आयोजनाहरू निर्माण सम्पन्न भएका छन् । 

कोष अन्तर्गतका आयोजनाहरूबाट विद्यालय भवन निर्माण, खेल मैदान निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, सडक कालोपत्रेलगायतका काम सम्पन्न भएका हुन् । 

रौतहट क्षेत्र नं. ४ (क) नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज भट्टराईले आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत विभिन्न योजनाहरूको निर्माण सम्पन्न भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 



आयोजना निर्माण कार्यमा सहयोग गर्नेलाई भट्टराईले धन्यवाद व्यक्त गर्दै जनताको सल्लाह, सुझाव अनुसार अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।  





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १७:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया