logo-img

चालक अनुमतिपत्रको राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ

सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको काम पनि शुभारम्भ गरेको छ ।

बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो विद्युतीय सेवा प्रवाहको कामको औपचारिक उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रुपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । कास्की जिल्लाको यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिना भित्र देशव्यापी रुपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । 



यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे । मन्त्री ज्वालाले भने, ‘हामीले यो कामलाई संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र यी मन्त्रालयहरु मातहतका कार्यालयहरुमार्फत अगाडि बढाउँदै छौँ ।' 

मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रुपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए । सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायलाई परिचालन गरिने योजनासमेत उनले सार्वजनिक गरे । 





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १६:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया