logo-img

अस्मी मृत्यु प्रक्ररण : प्रेमीपछि साथी पनि पक्राउ

यही ९ असारमा मृतावस्थामा भेटिएकी कैलालीको गोदावरी नगरपालिका–४ अत्तरीयाकी १८ वर्षीया किशोरी अस्मी बोहरा मृत्यु प्रकरणमा उनकी साथीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बोहरालाई बलात्कारपछि आत्महत्या गर्न बाध्य पारेको भन्दै उनका प्रेमी भनिएका मुगुको सेरु गाउँपालिका–३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरेको प्रहरीले अस्मीकी साथी लक्ष्मी खड्कालाई पनि पक्राउ गरेको हो ।

आफ्नो कोठामा बोलाएर बोहरामाथि बलात्कार गर्न सघाएको भन्दै आफन्तले उनीविरुद्ध किटानी दिएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बरालले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

नेपालगञ्जमा अध्ययनरत अस्मीमाथि नेपालगञ्जमै जबरजस्तीकरणी भएको र ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनावमा आएर देहत्याग गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।   

यो पनि अनि अस्ताइन् अस्मी...





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार ९:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया