सल्यानमा गुडिरहेको बसमा करेन्ट, बाबु-छोराको मृत्यु

सल्यानको राप्ती राजमार्गको चोर खोलानजिकै यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । 

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् । 

घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिए । मृतक बाबु र छोरा हुन् ।  

उक्त घटनाका कारण यतिबेला यहाँको बाटोमा यातायात अवरुद्ध भएको छ ।  
 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार ११:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया