logo-img

काेशी प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

नेकपा (एमाले)ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । 

एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

सरकार गठनका लागि सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने सम्भावना रहेको भन्दै यस विषयमा एमालेको गम्भीर ध्यानाकृष्ट भएको पत्रमा उल्लेख छ । 



सभाको अध्यक्षता गर्ने व्यक्त्तिलाई मत दिने अधिकार नहुने भन्दै एमालेले मत बराबर भएमा मात्रै अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने प्रचलनअनुसार नै गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको हो ।





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १७:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया