logo-img

एकीकृत समाजवादीका पाल्पा अध्यक्ष पाण्डेको निधन

नेकपा (एकीकृत समाजवादी) पाल्पा जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को निधन भएको छ ।

बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेको हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल प्रभास लैजानेक्रममा शुक्रबार बेलुका मृत्यु भएको हो ।   

घरमा छाती दुख्यो भनेर जानकारी दिएपछि लुम्बिनी मेडिकल कलेज आउने क्रममा बाटोमै बेहोस भएको र अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए ।  



५२ वर्षीय पाण्डेका दुई छोरा र श्रीमती छन् ।  





  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार २१:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया