logo-img

तीन दिनपछि कर्णाली करिडोर खुल्यो

तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो ।

ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । 

तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको हो । 



वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : असार २३, २०८० शनिबार २२:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया