logo-img

नर्सको लाइसेन्स परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा तीनजना पक्राउ
फाइल तस्बिर

नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ रहेका छन् । त्यस्तै, अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडेको छ । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरूले शनिबार ९ बजेदेखि साढे ११ बजेसम्म बनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षामा प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेको खुलेको छ । 



प्रहरीले परीक्षार्थीको मोबाइल पनि बरामद गरेको छ ।





  • प्रकाशित मिति : असार २४, २०८० आइतबार १०:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया