logo-img

प्रधानमन्त्रीलाई बास्कोटाकाे प्रश्न : तपाईंले तिरंगा झण्डा उचाल्ने कि चन्द्र-सूर्य झण्डा उचाल्ने हो ?

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे संसदलाई चित्त बुझाउनुपर्ने माग गरेका छन् ।  

प्रतिनिधिसभा बैठकमा एमालेको तर्फबाट संसद अवरोध गर्नुको कारणबारे आफ्नो धारणा राख्दै सांसद बास्कोटाले सबै दोष एमालेमाथि थोपरेर उम्कन नखोज्न प्रधानमन्त्रीलाई चेतावनी दिए । आफू काम बिगार्ने, तर त्यसकाे दोषचाहिँ प्रतिपक्षी एमालेले भोग्नुपर्ने ? भन्दै उनले आन्तरिक कुरा जे भएपछि देशभक्तिबाट कोही पनि च्यूत हुन नहुने बताए ।

'तपाईंले तिरंगा झण्डा उचाल्ने हो कि चन्द्र-सूर्य झण्डा उचाल्ने हो भन्नुपर्ने भो यो संसदमा,' उनले भने, 'तीन करोड २ करोड ९१ लाख जनतालाई हाम्रो प्रधानमन्त्री हामीले भन्ने कुरा भन्नुपर्ने भो नेपाली जनतालाई विश्वास दिलाउनु पर्यो ।' 

हाम्रो सार्वभौम सत्तामाथि निरन्तर हमला हुने कुरा र त्यसमा प्रधानमन्त्री मौन रहने कुरा एमालेका लागि र देशको लागि पनि स्वीकार्य नहुने उनकाे भनाइ छ । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १७:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया