logo-img

राजनीतिक जीवनबाट टाढा हुने नेदरल्यान्ड्सका प्रधानमन्त्रीकाे घोषणा

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । 'आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भिभिडी)का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,' रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भने । 

गत साताको अन्त्यमा उनको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताएका थिए । सोमबार उनले पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भिभिडी)को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गरेका हुन् । 

सन् २०१० देखि चारवटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने बताएका हुन् । 



'म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटै मात्र जवाफ नेदरल्यान्ड्स हो,' रूटले संसदमा भने । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १७:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया