logo-img

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेशनल डेभलपमेन्ट एन्ड रिर्फम कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच भेटवार्ता भएको छ ।   

चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भएको भेटवार्तामा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताअनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृतरूपमा छलफल भएको थियो । 

नेपाल आगामी १६ औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । 



एनडिआरसी उपाध्यक्ष श्रेष्ठले (एनडीआरसी) का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् । पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रूपमा रहेको यस चिनियाँ संस्था हाल (एनडिआरसी) को रूपमा चिनिन्छ ।  





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ८:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया