logo-img

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त अवस्थामा फेला

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।  

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको सोलु दूधकुण्ड गाउँपालिका–२ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको भेटिएको प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।  

उनका अनुसार अहिलेसम्म पाँचवटा शव भेटिएको छ । उनीहरूको पहिचान हुन बाँकी रहेको दुर्घटनास्थलमा रहेका असई बस्नेतले जानकारी दिए ।



नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकोप्टरमा चालक चेतबहादुर गुरुङसहित पाँचजना विदेशी यात्रु थिए ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकोप्टर सुर्केमै अवतरण गरिएको थियो ।
 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १२:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया