logo-img

मनाङ एयर हेलिकोप्टर दुर्घटना : पाँच जनाको शव फेला

मनाङ एयरको ९एनए–एमभी हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।   

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले अहिलेसम्म पाँच जनाको शव फेला परेको जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।  

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।



हेलिकोप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहे पनि काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए ।
 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १३:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया