logo-img

मनाङ एयर हेलिकोप्टर दुर्घटना : ६ जनाकै मृत्यु भएको पुष्टि

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  

आज बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार पाइलट चेतबहादुर गुरुङले उडाएका थिए । यात्रु पाँचैजना मेक्सिकन नागरिक हुन् । 

‘६ जनाकै शव फेला परेको छ । एक जनाको शव टुक्राटुक्रा भेटिएको छ । शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ । हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ,’ डिआइजी बास्तोलाले भने । 
 
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो ।  
 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १३:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया