स्वास्थ्यमन्त्री भन्छन्- काजमा बस्ने डाक्टरलाई व्यवस्थापन गर्न खोज्दा धम्की आउन थाल्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम रहेको बताए । उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए ।  

उनले दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै  छोड्ने बताए । उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिबद्धता जनाए । 

स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा डाक्टरहरूको पहुँच पुर्‍याएर नै छोड्ने बताए । उनले ८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । 

उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए । मन्त्री बस्नेतले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताए । 

उनले भने, ‘८ सय डाक्टरहरू स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन् । म जस्तै मन्त्रीहरूले राखेका हुन् । मैले एक जना पनि ल्याएको छैन । कर्मचारी व्यवस्थापन कडाइका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्न सक्ने अवस्था छैन । अब चल्ने वाला छैन । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने वाला छैन । यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ ।’ 



उनले भने, ‘मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरू आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । थिति बसाल्छौँ । संविधानलाई कार्यान्वयन गर्छौँ । आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच छैन । डाक्टरहरूको पहुँच छैन । त्यो ठाउँमा हामी पुर्‍याएर नै छोड्छौँ । त्यसको लागि मलाई सांसदहरूको साथ चाहिन्छ ।’

उनले सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरू आएको बताए । 



  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार १२:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया