logo-img

थाइल्याण्डको संसदमा प्रधानमन्त्रीका लागि फेरि मतदान हुने

थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने भएको छ । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट ९ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए ।

हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताको अर्को सरकारको नेतृत्व गर्ने सुधारवादी अभियानलाई बिहीबार विधायिकाका सेनाद्वारा नियुक्त सिनेटरहरूले विफल पारेका थिए । यसले राज्यको कडा शाही मानहानी कानुनमा सुधार गर्ने उनको प्रतिज्ञालाई खतराको सङ्केत देखाएको छ ।

राज्यको सर्वोच्च निर्वाचन निकायले संवैधानिक अदालतले पितालाई सांसद पदबाट निलम्बन गर्न सिफारिस गरेको एक दिनपछि नै मतदान भएको हो । थाइल्याण्डको संसदले १९ जुलाईमा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो मतदान गर्ने भएको उपसभामुख पिचेत चुआमुआङफानले एएफपीसँग बताए ।  



मतदान कहिले हुने भन्ने प्रसङ्गमा पिचेटले स्थानीय सञ्चारमाध्यममा आएको समाचारलाई पुष्टि गर्दै भने, ‘नयाँ प्रधानमन्त्रीका लागि मतदान छिट्टै हुनेछ किनकी कार्यतालिका उस्तै छ । कुनै फेरबदल भएको छैन ।’ 

एमएफपीको गठबन्धन साझेदार फेउ थाईका सांसद समेत रहेका पिचेट चाउमुआङफाङले पितालाई पुनः मनोनीत गर्ने वा अर्को निर्वाचनमा थप उम्मेदवारको सामना गर्ने भन्ने स्पष्ट नभएको बताए ।  

‘हामीले अहिले पनि पहिले यसबारे कुरा गर्नुपर्छ, अहिलेका लागि, यसले जनताबाट राय र प्रतिक्रिया सङ्कलन गरिरहेको छ,’ उनले भने । 



पिताले आफू आगामी सरकारको नेतृत्वका लागि उम्मेदवार रहेको र समग्रमा ३२४ मत मात्र प्राप्त गरे पनि हार नमान्ने बताउँदै आएका छन् ।   



  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार १९:२६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया