logo-img

दुर्गा प्रसाईंले दिए पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आपत्ति जनाएको छ । 

पत्रकार महासंघ ललितपुर शाखाका सदस्य रामकृष्ण पौडेललाई प्रसाईंले शुक्रबार बेलुकी टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको पत्रकार महासंघ ललितपुर शाखाले जनाएको छ । 

प्रसाईंले समाचारको विषयलाई लिएर टेलिफोनमार्फत फोन गरी धम्की दिएको महासंघको विज्ञप्तिमा उल्लेख छ। 



ललितपुर शाखाका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा प्रसाईंलाई उद्धृत गर्दै भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार १५:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया