इक्यान निर्वाचन : पदाधिकारीमा को–को भए निर्वाचित ?

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमार्फ भट्टराई निर्वाचित भएका हुन् । उनी २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

यसैगरी उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी (गीताञ्जली) निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २२८, १७२ र १५२ मत प्राप्त गरेका छन् ।

यसैगरी, महासचिवमा दीपकराज भूसाल दोहोरिएका छन् । २५५ मत प्राप्त गरेर विजयी भएका भुसाल यसअघिको कार्यकालमा पनि महासचिव थिए ।

यस्तै, सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २६० र १६८ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षमा आशिक कार्की २०८ मतले निर्वाचित भएका छन् भने, सहकोषाध्यक्षमा विकल्प पोखरेलले २१६ मत ल्याएर निर्वाचित भएका छन् ।



कार्यकारी सदस्यमा १९ जनाले उम्मेदवारी दिएकोमा नौजना निर्वाचित भएका छन् ।



  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार १९:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया