एनभिए महिला तथा पुरुष क्लब भलिबलको उपाधि पुलिसलाई

नेपाल पुलिस क्लबले शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ । 

नेपाल भलिबल संघको आयोजनामा सम्पन्न लिगमा पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेको थियो । यद्यपि, राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा पुलिस फाइनलमा हेल्प नेपाल क्लबसँग ३–१ ले पराजित हुन पुग्यो । पुलिसको महिला टोलीले भने विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै लगातार दुई उपाधि जित्यो ।

यसै महिनाको सुरुवातमा इटहरीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि पुलिसले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । शनिबार क्लब भलिबल लिगको फाइनलमा पनि पुलिसले एपिएफलाई निराश बन्न बाध्य बनायो । पुलिस लिगमा पाँचै खेल जित्दै फाइनलमा पुगेको थियो । पुलिसले जुन अपराजित यात्रा फाइनलमा कायम राख्यो । पहिलो सेट २५–१२ ले सहजै आफ्नो बनाउँदै पुलिसले उच्च आत्मबल बटुल्यो ।

यद्यपि, एपिएफले दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गर्यो । उक्त सेट एपिएफले २५–२१ ले जित्यो । तेस्रो सेटको खेल निकै रोमाञ्चक बन्यो । उक्त सेटमा एपिएफले २१–१८ को अग्रता जोगाउन सकेन । अन्तिम समयमा आत्मबल गुमाएपछि एपिएफले उक्त सेट २५–२३ ले गुमाउन पुग्यो । चौथो सेट पनि पुलिसले २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै लगातार दोस्रो उपाधि जित्यो । उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझायो ।

तेस्रो स्थानमा रहेको होङवान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नगद एक लाख ५० हजार र चौथो स्थानको त्रिभुवन आर्मी क्लवले नगद ७५ हजार प्राप्त गर्यो । पुरुषतर् पनि हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै उपाधि उचाल्यो । 

हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट भने पुलिसले २५–११ ले जित्दै खेलमा फर्कने प्रयास गर्यो । यद्यपि, हेल्प नेपालले तेस्रो र चौथो सेट २५–१८ र २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्दै ६ लाख रुपैयाँ प्राप्त गर्यो ।



उपविजेता पुलिसले नगद तीन लाख र ट्रफी प्राप्त गर्यो । तेस्रो स्थानको आर्मीले नगद एक लाख ५० हजार प्राप्त गर्यो । चौथो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो । लिगमा महिलातर्पm पुलिसकी पुनम चन्द र पुरुषमा हेल्प नेपालका अइमल खान सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

सर्वोत्कृष्ट दुवैले जनही ३५ हजार रुपैयाँ पाए । विधागत उत्कृष्टतर्फ लिबेरोमा पुलिसकी शान्तिकला तामाङ, सेटरमा पुलिसकै कमला पुन, स्पाइकरमा पुलिसकी उषा भण्डारी, प्रशिक्षकमा रूपेश बिष्ट र उदीयमान खेलाडीमा सुमित्रा रेग्मी चयन भए ।



एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए । पुरुषमा हेल्प नेपालका टोप हादुर थापा उत्कृष्ट लिबेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।

विधागत उत्कृष्टले जनही नगद १५ हजार र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए ।

  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार २०:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया