राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादव नियुक्त

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अमरप्रसाद यादव (फुलबरिया–४ सिरहा)लाई नियुक्त गरिएको छ । 

प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिस समितिको सिफारिसमा आज उनलाई नियुक्त गरेका हुन् । सिफारिस भएका तीन जनामध्येबाट प्रा.डा. यादवलाई नियुक्त गरिएको हो । 

उपकुलपतिका लागि प्रा.डा. महानन्द चालिसे (रत्ननगर–९ चितवन) र प्रा.डा. क्षितिज उपाध्याय ढुंगेल (जनकपुरधाम, धनुषा)को नाम समेत सिफारिस भएको थियो ।

 ‘राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिमको प्रक्रिया पूरा गरी सो सिफारिस समितिको निर्णयअनुसार राजर्षिजनक विश्वविद्यालय ऐनबमोजिम तीनजनाको नाम सिफारिस गरिएको थियो । 





  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार २२:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया