शिव खोलामा ट्रक खस्यो, चालक घाइते

दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खसेको छ ।  

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट आज बिहान साँढे ५ बजे ट्रक खसेको हो । 

भैरहवाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक रासायनिक मल लिएर जाँदै थियो । ट्रक खोलामा खस्दा चालक च्यापिएका छन् भने सहचालक भने निस्किन सफल भए ।

चालकको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार ७:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया