विश्वविद्यालमा विद्यार्थी संगठनलाई बन्देज गर्न सकिँदैन, आचारसंहितामा बाँध्न सकिन्छ : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृसंगठनलाई बन्देज गर्न नसकिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । 

विश्वविद्यालयबाट भ्रातृ संगठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानुनी प्रावधानले नदिने भए पनि निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिने बताए । विद्यार्थी युनियनहरु के गर्न पाउने, के नपाउने ? भन्नेकुरा कानुनमा नै सो आचारसंहीता तय गर्नुपर्ने उनले उल्लेख गरे । 

यस्ता कार्यलाई रोक्न राजनीतिक दलहरुले पनि आफ्ना भ्रातृ संगठनहरुलाई सचेत गराउनुपर्ने र सरकारले पनि आचारसंहिता लागू गर्नुपर्ने उनले बताए । ‘विद्यार्थी युनियनहरु मसँग आएर चिन्ता चासो सुन्दा म आशावादी भएको छु । उहाँहरु पनि विश्वविद्यालयको पठनपाठनको प्रक्रिया निर्वाध चल्नुपर्छ । त्यसमा असर पुग्नुहुँदैन, विश्वविद्यालयको प्रगतिमा घाटा हुनेगरी विद्यार्थी चल्नुहुँदैन, हामी चल्दैनौँ, अबदेखि तालाबन्दी गर्दैनौँ त्यो किसिमले गुरुहरुलाई अपमान गर्दैनौँ भन्नुभएको छ ।’
 
मन्त्री राईले विद्यालय शिक्षा ऐन प्रक्रियामा रहेको र प्रक्रियामा समस्या भएका कारण ढिलाइ भइरहेको बताए । प्रक्रियामा समस्या भएका कारण यही हप्ताभित्र आउने भनिएको विद्यालय शिक्षा ऐन संसदमा आउन नसकेको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १८:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया