कोशी प्रदेश विवाद : रिट निवेदक कार्की र न्यायाधीश रेग्मी स्कुले साथी परेपछि...

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफू र निवेदक पूर्वमुख्यमन्त्री हिक्मत कार्की स्कुले साथी भएकाले साे मुद्दा हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन नसकेको हो । 

उक्त विवादको सुनुवाइ अर्को दिन हुनेछ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

उक्त विवादको प्रारम्भिक सुनुवाइ गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दूरगामी असर पर्नेगरी काम नगर्न र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १८:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया