एनआरएनए एनसिसी आयरल्यान्डको अध्यक्षमा सापकोटा निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी आयरल्यान्डको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न एनआरएनए आयरल्यान्डको नवौँ महाधिवेशनबाट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

हिजो भएको मतदानमा सापकोटाले आफ्ना दुई प्रतिस्पर्धीलाई पछिपार्दै विजयी भएका हुन् । यसरी निर्वाचित हुने पदाधिकारीको कार्यकाल दुईवर्षे हुने गर्दछ ।

निर्वाचित भएपछि अध्यक्ष सापकोटाले आफूलाई जिताउने सबै मतदाता र आयरल्यान्डमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबाहिनीहरूलाई धन्यवादसमेत दिएका छन् ।





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १७:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया