logo-img

कालीमाटीमा किसानको धर्ना [तस्बिरहरू]

राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । बिहीबार सञ्चालले कार्यालय अघि भेला भइ धर्ना दिएको हो । 

उनीहरूले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए । 

उनले सरकारले किसानको हक हीतविरुद्धका नीतिहरू बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिए । उनले मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपुर्याउन चेतावनी दिए । 



उनले भने, ‘कृषि क्षेत्रको आन्दोलन शुरु भएको छ, हामी सशक्त रुपमा अघि बढ्नेछौँ । कृषि क्षेत्र विपरित नीतिहरु ल्याउन पाइँदैन । किसानहरूलाई क्षतिपूर्ति दिन सरकारले लापरबाही गरेकाप्रति आन्दोलिन हुनुहुन्छ । मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नलगियोस् ।’ 

उनीहरूले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् ।  

 





 

  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार १५:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया