लघुवित्त संघर्ष समितिले सरकारलाई गरायाे ध्यानाकर्षण

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले आफ्ना मागहरुको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ । 

लघुवित्तीय संस्थाहरुको खारेजीको माग गर्दै आन्दोलित भइरहेको लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बिहीबार अर्थ मन्त्रालयका सहसचिवद्वय भुपाल बराल र धनिराम शर्मालाई भेट गरी आफूहरुको संघर्षको कार्यक्रम र मागहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो । 

समितिले लघुवित्तीय संस्थाहरुको खारेज, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकासको माग राखी आन्दोलनरत संघर्ष समितिले आफूहरुको सो माग र संघर्षको कार्यक्रमबारे सहसचिवद्वयलाई जानकारी गराएको समितिका सचिव तथा वार्ता समिति संयोजक रमेश तामाङले बताए । आफूहरुले पुनः छलफलका लागि बोलाउने आश्वासन पाएको पनि उनले बताए । 

समिति विगत १८ महिनादेखि संघर्षमा रहेको र विगत १५ दिनदेखि समितिका अध्यक्ष मनिराम ज्ञवाली माइतीघर मण्डलामा आमरण अनशनमा बसिरहेको उनले जानकारी दिए । साउन ५ गतेदेखि आफूहरुले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको तामाङको भनाइ छ । 





  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार १९:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया